बीरगंज ३ बैसाख/ नेपाल विद्वत परिषदका केन्द्रिय अध्यक्ष जितु बहादुर अर्जेलले नेपाली जनतालाई झुक्याउनका लागि अधुरो सविधान ल्याउन प्रयास गरीरहेको आरोप लगाउनु भएको छ ।
संविधान सभाको गठन भएको ४ वर्ष वितिसक्दा पनि नेपाली जतनालाई सविधान दिन नसक्दा अहिले ४३ दिनमा कुनै पनि हालतमा पुरा सविधान दिन नसक्ने ठोकुवा गर्दै नेपाली जनतालाई झुक्याउनका लागि अपुर्ण सविधान दिन खोजेको आरोप लगाउनु भएको हो । नेपाल विद्वत परिषद अंचल समितिले आज वीरगंजमा आयोजना गरेको नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रम तथा नारायणी अंचल सम्मेलनलाई सम्बोधन गर्दै सो आरोप लगाउनु भएको हो । उहाले ५१ वर्षदेखि बाहिरी शक्तीहरुले ग्रेन डिजाईनको माध्यमले नेपालल समाप्त गर्ने प्रयासमा लागि परेको समेत बताउनु भयो । उहाले नेपालका कम्युनिष्टहरुलाई भारत, अमेरिका जस्ता मुलुकले बनाएको भन्दै मुलुकमा कम्युनिष्टहरु कुनै पनि हालतमा सफल्ता पाउन नसकिने ठोकुवा समेत गर्नुभयो । नेपाली जनता, राजनितिक दल, बुद्धिजिवी, नागरिक समाज, पत्रकारहरुको सर्वसहमतबाट स्वीकार गरिएको ०४७ को सविधान बनाएपनि यो सविधान खारेज गरिनुको कुनै औचित्य नै नरहेको जिकिर समेत गर्नुभयो । अहिलेको अवस्थामा मुलुकको शान्ति सुरक्षा, राष्ट्रियता र प्रजातन्त्र खतरामा भएको हुनाले यसको बचाउका निम्ती सम्पूर्ण राष्ट्रवादी शक्तीहरु एकजुट भई राष्ट्रका निम्ती आन्दोलनमा उत्रिने आग्रह समेत गर्नुभयो । परिषदका केन्दिंय सदस्य नरेशराज गिरीको सभापतीत्वमा सम्पन्न भएको सम्मेलनमा उपाध्यक्ष रिऋीकेश लोहनी, केन्द्रिय सदस्य बल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिंय सदस्य शम्भु चौरसिया, समाजसेवी पशुपति विक्रम शाह लगायतले प्रमुख दल सहितका पार्टीहरुले आफनो अस्तित्व बचाउनका लागि हतारमा ल्याउन खोजिएको सविधानमा राजा सहितको प्रजातन्त्र नल्याए मुलुकमा क्रान्ति हुने चेतावनी समेत दिएका थिए ।

No comments:
Post a Comment