बीरगंज १ बैशाख/ पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले नव बर्ष २०६९ सालको शुभ कामना दिंदै प्रहरीलाई देश र जनताको रक्षकको रुपमा काम गर्न आग्रह गर्नु भएको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको बिदाई समारोहमा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले जुन प्रहरीले पोशाक लगाएर जनताको काम गर्दैन त्यसता ब्यक्तिले प्रहरीको पोशाक लगाउनु र प्रहरीको जागीर गर्नु कुनै औचित्य नरहेको बताउनु भयो । प्रहरी उपरीक्षक खरेलले नराम्रो काम गर्ने सात जना प्रहरीको पदबाट निलम्बन गरिएको भन्दै त्यसो अरु प्रहरीलाई नगर्न आग्रह गर्नु भयो । उहाँले राम्रो काम गर्ने ७१ जना प्रहरीलाई पुरस्कृत गरेको भन्दै त्यस्तै उत्कृत प्रहरी अन्तरगत आउन आग्रह गर्नु भयो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिवेश लोहनी, रबिन्द्र केशी, प्रहरी निरीक्षक सन्तु जैसवाल लगायत जिल्ला प्रहरी कार्यालयका सम्पुर्ण प्रहरी जवानहरुले नव बर्षको शुभ कामना दिंदै बिदाई गरेका थिए । २०६७ साल जेष्ठ ३१ गते आउनु भएका प्रहरी उपरीक्षक खरेल पर्सा जिल्लामा करिब १० महिना बसेको अन्तरालमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल हुनु भएको छ । तर प्रहरी उपरीक्षक खरेल जानु भएको भन्दै पर्साका जनताहरु माथि डर र त्रास श्रृजना भएको बताउनु भयो ।



No comments:
Post a Comment