Pages

मासिक पत्रिकाको बिमोचन















बीरगंज २ बैशाख/  बीरगंजबाट प्रकासित भएका राष्ट्रिय मासिक पत्रिका समय दर्पणलाई आज एक समारोहका बीच बिमोचन गरिएको छ ।
स्थानिय होटक बृन्दावण्मा आयोजिक समारोहमा पत्रिकालाई बरिष्ठ साहितयकार पंण्डित दिपनारायण मिश्र र पत्रकार महासंघका केन्द्रिय सदस्य एवम मध्यमाञ्चल संयोजक महेश दासले संयुक्त रुपमा बिमोचन गुर्न भएको हो । पत्रिकाको प्रधान सम्पादक सरोज खड्काको सभापतित्वमा सम्पन्न बिमोचन समारोहमा मधेश मानव अधिकार आँखामा अध्यक्ष बालदेव प्रसाद शर्मा, डा. बिश्वम्भर शर्मा, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, रेडियो प्रचारक संघका अध्यक्ष पवन तिवारी, फोमनका अध्यक्ष महेशचन्द्र गौतम लगायतले पत्रिकाको उत्तरोतर प्रगतीको कामना गर्नु भएको थियो । पत्रिकाको प्रकाशक एवम प्रबन्ध निर्देशक शैलेस कुश्वाहाले स्वागत भाषण दिनु भएको थियो भने कार्यक्रम संचालन सहसम्पादक बिजय भण्डारीले गर्नु भएको थियो ।

No comments:

Post a Comment