बीरगंज २६ चैत्र/ नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र चौधरीले निर्धारीत समयमा संबिधान जारी नभए त्यसको सम्पुर्ण दोष माओवादीले लिनु पर्ने बताउनु भएको छ ।
जनआन्दोलन दिवसको अवसरमा कांग्रेस पर्साले आज बिहान बीरगंजको पिपरा स्थित नर्सिङ माध्यमिक बिद्यालयको परिसरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्दै सभापति चौधरीले यस्तो बताउनु भएको हो । उहाँले जातीय संघीयताका नाममा माओवादीले मुलुक टुक्रयाउन खोजेको बताउदै कांग्रेसले त्यो षडयन्त्र कदापी पुरा हुन नदिने ठोकुवा गर्नु भयो । सभापति चौधरीले पहिले माओवादी भित्रको आन्तरीक बिवादलाई नवटङकीको संज्ञा दिदै शान्ति र संबिधानमा आफ्ना मुद्धा लादनका लागि माओवादीले अरु संग वार्गेनीङ गरि रहेको टिप्पणी गर्दै एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले अहिले पनि हत्या हिंसा कै बाटोमा हिडीरहेको आरोप लगाउनु भयो । उहाँले माओवादी कै कारण शान्ति र संबिधान निर्माणको काममा बिलम्व भएको भन्दै हत्या अपहरण र लुटपाटमा माओवादीका नेता कार्यकर्ताहरु अझै पनि संलग्न रहेको बताउनु भयो । कार्यक्रममा क्षेत्रीय सभापति बिरेन्द्र पटेल, नेपाली कांग्रेस पर्साका पुर्व सभापति राजेन्द्र बहादुर अमात्य, रामनारायण कुर्मी, दिना गुप्ता लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको नगर सभापति मोहमद साहबुदीनले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment