Pages

विद्यालय भर्ना अभियान शुरु


बीरगंज ८ बैशाख/  देशभरमा विद्यालय भर्ना शुरु भए संग संगै पर्सामा पनि विद्यालय भर्ना अभियान शुरु भएको छ ।
सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१५ भित्र सबै बालबालिकालाई प्राथमिक शिक्षा दिने लक्ष्य सहित भर्ना अभियान शुरु भएको हो । यस अभियान अन्र्तगत आउंदो १४ गते सम्म विद्यालयमा बालबालिका भर्ना गर्ने र त्यो बेला सम्म विद्यालय नआउने बालबालिकाहरुलाई विद्यालय ल्याउन उद्देश्यले घरदैलो अभियान नै चलाउने शिक्षा विभागले लक्ष्य लिएको छ । यो अभियान बैशाख भरि नै चलाउने योजना छ । यसै अभियान अन्र्तगत पर्साका विभिन्न विद्यालयहरुमा पनि विद्यार्थी अभियान शुरु भएको हो । अभियान अन्र्तगत माईस्थान विद्यापीठ माध्यमिक बिद्यालय बीरगंजले विद्यार्थी भर्नाका लागि घरदैलौ कार्यक्रम संचालन गरेको छ । विद्यालयका प्रधानाध्यापन विनोद मेहताको नेतृत्वमा भएको घरदैलो कार्यक्रम अन्तरर्गत आज माईस्थान बिद्यापिठ माध्यमिक बिद्यालयले बाजागााजा सहित निकालेको र्‍याली बीरगंजका बिभिन्न भागको परिक्रमा गरेको छ । बीरगंजको रामटोल, कुमालटोल, भगवतीटोल लगायतको ठाउको परिक्रमा गरि आफ्ना उमेर पुगेका बालबालिकालाई बिद्यालय भर्ना गराउन प्रोत्साहन गरेका छन् । अवपनि नगरौ भुल छोराछोरीलाई पठाऔ स्कुल, पढाई लेखाईमा छ अब कडाई माईस्थान माध्यमिक बिद्यालयमा छोराछोरी पठाउ, नुन रोटी नै खाएरै तर छोराछोरीलाई स्कुल पठाउ जस्ता नारासहित नगर परिक्रमा गरेका थिए । विद्यालयका शिक्षकहरु र केही अभिभावकहरु सहितको टोलीमा सहभागितामा आफनो विदालयमा विद्यार्थीहरु बढाउने उदेश्यले एउटा नौलो र्‍यालीको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापन मेहताले बताउनु भयो ।

No comments:

Post a Comment