Pages

पत्रकारहरु द्वारा प्रहरीलाई कारवाहीको माग











बीरगंज ७ बैशाख /  पत्रकार रामराज्य यादबलाई हातपात तथा दुरब्यबहार गर्ने प्रहरी हवल्दार बीरन्द्र पाण्डेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको ध्यानाकर्षण गराइएको छ ।
महासंघका उपाध्याक्ष धु्रब साहको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले दोषी प्रहरीलाई अबिलम्ब कारवाहीको माग गरेका छन । उपाध्याक्ष साहले ३ दिन भित्र दोषी प्रहरीलाई कारवाही नभए नेपाल पत्रकार महासंघ पर्सा शाख घण्टाघरमा अनशन बस्ने प्रमुख जिल्ल अधिकारीलाई जानकारी गराउनु भयो । सो अबसरमा प्रमुख जिल्ल अधिकारी कोइरालाले कारवाही प्रकृया शुरु भैसकेको प्रतिक्रिया दिनु भयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक श्री के.सीले आरोपी संग स्पष्टीकरण सोध्नुको साथै प्रहरी निरिक्षकको संयोजकत्वमा छानबीन समिति समेत बनेको र आज प्रतिबेदन आउने त्यसपछि कसुर अनुसारको कारवाही गर्न आफु तत्पर रहेको जानकारी समेत पत्रकारहरुको टोलीलाई दिनु भएको थियो । पत्रकार महासंघ पर्साका सल्लाहाकार के.सी लामिछाने, मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष श्रीराम रायमाझी, प्रेश युनीयनका अध्यक्ष पुरुषोत सिाह भट्टराई लगायतले कानूनको शासनको परिपालन गर्ने निकायबाट नै सञ्चारकर्मी माथी आक्रमण हुनु भनेको बिधीको शासनलाई खिल्ली उडाउनु बताएका हुन । सो अवसरमा पत्रकार महासंघका पुर्व अध्यक्ष शत्रुघन नेपाल, शंकर खतिवडा, बरिष्ठ पत्रकार गया यादब, नेपाल आम संचार मञ्च पर्साका अध्यक्ष महेशचन्द्र गौतम, मध्य तराई रेडियो प्रसारक संघका संयोजक पवन तिवारी, क्रियाशील पत्रकार संघका प्रणय कुमार, टेलीभिजन पत्रकार संघका संयोजक राजु श्रेष्ठ, प्रेश चौतारी नेपाल पर्साका संयोजक श्याम बञ्जारा लगायत पर्सेली संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment