Pages

संघीय सदभावनाको महाधिवेशनको उदघाटन सम्पन्न


बीरगंज ८ बैशाख/  संघीय सदभावना पार्टीको प्रथम संघीय महाधिवेशनको उदघाटन सत्र आज भब्यताका साथ बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजस्थित प्रस्तावित बि।पी। उद्धान परिसरमा सम्पन्न महाधिवेशनको उदघाटन सत्रमा देश विदेशका प्रमुख राजनीतिक दलका प्रभावशाली प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शान्ति, समृद्धि, अधिकार तथा पहिचान, संघीयता सहितको लोकतान्त्रिक संविधानको मुल नारा सहित शुरु भएको महाधिवेशनको उदघाटन सत्रमा हजारौ कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो । तीन दिनसम्म चल्ने महाधिवेशनको उदघाटन सत्रमा सहभागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेस संघीयता, मधेस र मधेसीको पक्षमा रहेको बताउदै, सात राज्यमा सहमति भइसकेकोले मधेसमा २ प्रदेश हुनु पर्ने बताए । त्यसैगरी नेकपा एमालेका नेता रघुविर महासेठले पनि मधेसमा २ प्रदेशभन्दा बढी प्रदेश आफुहरुलाई मान्य नहुने बताउदै राज्यको विभाजन ६ वा ७ मात्र हुनु पर्नेमा जोड दिए । यसैगरी नेकमा माओबादी, राष्टिय जनशक्ति पार्टी, तराइ मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसी जनअधिकार फोरम नेपालका प्रतिनिधिहरुले समेत शुभकामना मन्तब्य राखेका थिए । संघीय सदभावना पार्टीका राष्टिय अध्यक्ष्ँ तथा उधोग मन्त्री अनिल कुमार झाको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा भारतको कांग्रेस आइका एमपी अलका लाम्बा, रसिद अलवी, नेशनल कांग्रेसका तारिख अनवर, जनता दल युनाइटेडका अनवर अलि अंसारी, वर्माका नेशनल डेमोक्रेटिक पार्टीका टि। सुआन, भारतीय जनता पार्टीका प्रभावशाली नेता बिजय जोली, बंगलादेशका जातिय समाज तान्त्रिक दलका मोयुनिदिन खान श्रीलंका एम्बेसीका कन्सुलर डिन्सन जे। परेरा र डि। डब्लु अभय बिक्रमको सहभागि रहेको थियो । संघीय सदभावना पार्टीको महाधिवेश सफलताको कामना गर्दै कांग्रेस आइकी अध्यक्ष्ँ श्रीमती सोनिया गान्धी लगायत केही अन्य मुलुकको प्रमुख पार्टीले शुभकामन संदेश पत्र पठाएको थियो । देशको धनगढी, बैतडी लगायत दोलखा र मेची सम्मबाट आएका पार्टी कार्यकर्ता र र्समर्थकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । महाधिवेशनको बन्द सत्र बैशाष ९ र १० गते बीरगंजको नगर सभागृहमा हुनेछ ।

No comments:

Post a Comment