बीरगंज ९ चैत्र/ पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले पेशागत दायित्व र कर्तब्य प्रति निष्ठावान भइ काम गर्ने बताउनु भएको छ ।
सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा छपकैयाले गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले शान्ति सुरक्षा, सुब्यवस्था र सु–साशन प्रति कसैको दवाव र कुनै प्रकारको सम्झौता कहिले पनि नगर्ने बताउनु भयो । प्रहरी उपरीक्षक अधिकारीले प्रहरी बर्दीको नागरिक हो र नागरिक बिना बर्दीको प्रहरी रहेको भन्दै यस जिल्लाका ब्यक्तिहरु आफुलाई सक्दो सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले जिल्लामा शान्ति सुरक्षा भएपछि मात्र आर्थिक उन्नती हुने बताउनु भयो । प्रहरी उपरीक्षक रमेश खरेलले पर्सा जिल्लामा गरेको शान्ति सुरक्षा जस्तै कायम राखि पर्सावासीलाई निराश हुन नदिने बताउनु भयो । कार्यक्रममा निम्बस ग्रुपका एवम उधोगी जगदीश अग्रवाल, माइती नेपाल पर्साकी संयोजक संगिता पुरी, राष्ट्रिय दैनिकका प्रकाशक महेशचन्द्र गौतम, ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका गुणराज लामिछाने लगायतले प्रहरी उपरीक्षक अधिकारीलाई माला लगाई पुष्पगुच्छा दिई स्वागत गरिएको राष्ट्रिय सरोकार मंच नेपालका अंचल संयोजक नन्दकिशोर गोयलले बताउनु भएको छ । सामुदायीक सेवा केन्द्रका अध्यक्ष मनोज कुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन मनोज उपाध्यायले गर्नु भएको थियो ।
No comments:
Post a Comment