बीरगंज ९ चैत्र/ करेनट ईङलिश ल्याङ्गवेज (सेली) ले आज बिहान बीरगंजको भिस्वा डाँरामा सरसफाई कार्यक्रम गरेको छ ।
हाम्रो बीरगंज हाम्रो गौरव भन्ने मुल नाराका साथ भिस्वा डाँरामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । माईस्थानबाट निकालीएको र्यालीमा विद्यार्थीहरुले विभिन्न शान्ति तथा उपदेशमुलक प्रदर्शन कार्डहरु समेत प्रदर्शन गरिएको थियो । करेनट ल्याङ्गवेजका प्राचार्य राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा गरिएको सरसफाई कार्यक्रममा सेलीका ब्यवस्थापक प्रविण जयसवाल, ल्याङ्गवेज र कम्प्यूटरका प्रशिक्षक सोनु गुप्ता, वासिम हुसैन, श्याम केशरी, हरी अधिकारी, सन्तोष खड्का लगाएत २ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको व्यक्तित्व विकासमा सहयोग तथा समाजिक उत्तरदायित्व बहन गर्ने उद्येश्यले भिस्वा डाँरामा सरसफाई गरिएको प्राचार्य कोइरालाले बताउनु भयो ।
No comments:
Post a Comment