बीरगंज ९ चैत्र/ सिमा सुरक्षा कार्यालय चिनी मिलको मातहतमा रहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय वि.ओ.पी. अलौले भारतबाट अबैध रुपमा नेपाल भित्रयाउदै गरिएको अबैध भारतीय कुखुुराको चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले गस्तीको क्रममा पर्साको श्रीसिया ९ मा अबैध रुपमा २५ वटा कार्टुनमा २ हजार ओटा ब्वायलर कुखुराको चल्ला नष्ट गरेको हो । एक लाख चालीस हजार मुलय बराबरको कुखुराको चल्लालाई पशु क्वारेन्टाईन चेक पोष्ट श्रीसिया तथा सञ्चारकर्मीहरुको रोहोवरमा सशस्त्र प्रहरीले जलाएर नष्ट गरेको हो । गसतीमा रहेको प्रहरीलाई देखेर तस्कारहरु चल्ला छाडी फरार भएको सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहमाचार्यले बताउनु भएको हो ।
No comments:
Post a Comment