Pages

जेसीजद्वारा दबाब मुलक र्‍याली














बीरगंज ६ चैत्र/  बीरगंज जेसीजले नव वर्षको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत संविधान निर्माणको लागि दबाब मूलक र्‍यालीको आयोजना गरेको छ ।
शान्ति र संविधानको लागि दबाब दिने उद्देश्यले आज बिहान वीरगंजमा र्‍याली निकालेको छ । “दलगत स्वार्थ भन्दा माथि उठौ, जेष्ठ १४ गते भित्र संबिधान जारी गरौ” भन्ने नाराका साथ घण्टाघर चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: घण्टाघरमा पुगि समापन भएको थियो । कार्यक्रम संयोजक शेखर चौधरीको संयोजकत्वमा निकालिएको सो र्‍यालीमा वीरगञ्ज जेसीजका अध्यक्ष बद्री बहादुर गौतम लगायत जेसीजका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । यसैगरी संघीय सद्भावना पार्टीको प्रथम महाधिवेशनको प्रचार प्रसारका लागि आज वीरगंजमा मोटरसाईकल र्‍याली निकालिएको छ । जिल्ला विकास समिति कार्यालय अगाडिबाट निस्किएको र्‍याली वीरगंजको विभिन्न भागको परिक्रमा पश्चात विन्दवासनी चौक पुगेर समापन भएको थियो । पार्टीका केन्द्रीय सहमहासचिव शिव पटेलको नेतृत्वमा मोटरसाईकल र्‍याली निकालिएको हो । संघीय महाधिवेशन बैशाख ८, ९ र १० गते हुने बताइएको छ ।

No comments:

Post a Comment