बीरगंज ५ चैत्र/ रक्तदान जीवन दान भन्ने नाराका साथ बीरगंज जेसीसले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बीरगंज जेसीसको सप्ताह ब्यापी कार्यक्रम अन्तरगत आज बीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बीरगंज जेसीसका पुर्व अध्यक्ष प्रबिण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२ जनाले रक्तदान गरेका हुन । रक्त संचार केन्द्रमा रगतको अभाव देखिएको कारण सोलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । रक्तदान गर्नेहरुमा शेखर चौधरी मुनिन्द्र ठाकुर, अजय गुप्ता, रमेश पण्डित, दिनेश राउत कुर्मी, अमित चौरसिया, रितेश श्रेष्ठ, सपना खड्गी, तारिख अखतर लगायतका रहेका छन । बीरगंज जेसीसका अध्यक्ष बद्री बहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

No comments:
Post a Comment