Pages

एसपी अधिकारी द्वारा पत्रकार भेटघाट



बीरगंज ५ चैत्र/  पर्सा जिल्लाको कार्यभार समाल्नु भएका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले आज पर्साका संचारकर्मीहरु संग परिच्यात्मक कार्यक्रम गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिच्यात्मक कार्यक्रममा पर्साका संचारकर्मीहरुले पर्सा जिल्लामा भएको समस्याहरु बारे जानकारी गराएका हुन । पत्रकार हरुले प्रहरी उपरीक्षक रमेश खरेलले पर्सा जिल्लामा शान्ति सुरक्षामा पुर्‍याउनु भएको योगदानको बारेमा अवगत गराउदै पर्सामा पुन: उहाँले लागु गर्नु भएको शान्ति सुरक्षा कायम हुने या नहुने बारे जिज्ञासा राखेका हुन । केही प्रहरी अधिकृत देखि लिएर प्रहरी जवानहरुले समेत सर्वसाधारणहरु माथि गर्दै आएको शोसन बिरुद्ध कारवाही हुने या नहुने, अव्यवस्थित रहेका वीरगंज सडक व्यवस्थित हुने या नहुने लगायत समस्याहरुको समाधानका बारेमा जिज्ञासा राखेका हुन । परिच्यात्मक कार्यक्रममा प्रहरी उपरीक्षक अधिकारीले वरिष्ठ प्रहरी उपरीक्षक खरेलले जुन सिस्टम बसाएर जानु भएको छ त्यो सिस्टम नबिग्रने बरु कडा नै हुने आश्वासन दिनुभयो । उहाँले पर्सा जिल्लाका अपराधी गतिविधि, लागु औषध कारोवारी, तस्करी नियन्त्रण लगायतका समाजमा देखिएको बिकृती विसंगती विरुद्ध कडा कदम चालिने प्रतिबद्धता जनाउनु भयो । उपरीक्षक अधिकारीले आफ्नो ब्यवसायी प्रति निष्ठावान भएर लागि पर्ने र पर्सा जिल्लामा शान्ति सुरक्षा दिनका लागि कटिबद्ध रहने जानकारी समेत गराउनु भयो । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

No comments:

Post a Comment