Pages

लोक सेवाको तयारी कक्षा संचालन

बीरगंज २६ चैत्र/ महिला तथा बालबालिका कार्यालय पर्साले लोकसेवा आयोगबाट लिईने राजपत्र अंकित पदका मुल परिक्षामा सहभागि हुने महिला उम्मेदवारीहरुको लागि विशेष तयारी कक्षा आजबाट बीरगंजमा शुरु भएको छ ।
बीरगंजको श्रीपुरस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालय भवनमा एक समारोहको आयोजना गरी संचालन गरिएको विशेष तयारी कक्षा निकै प्रभावकारी र उपलब्धी मुलक रहेको वक्ताहरुले बताएका छन् । लोक सेवा आयोगको बारेमा महिलाहरुलाई जानकारी दिने उद्धेश्यले संचालन गरिएको यो तयारी कक्षा सम्भवत पर्सा जिल्लामै पहिलो रहेको आयोजकले जानकारी गराएको छ । एभिन्यूज टेलिभिजनका क्षेत्रीय प्रमुख राजु श्रेष्ठले तयारी कक्षाको उदघाटनको प्रमुख आतिथ्य गर्दै यसप्रकारको तालिमले सहभागि महिलाहरुलाई अझै बढी आत्मविश्वासी बनाउने बताउदै सहभागि सबैलाई यस तयारी कक्षाबाट बढी भन्दा बढी उपलब्धी हासिल गर्न आग्रह आग्रह गर्नु भएको छ । तयारी कक्षाको उदघाटन कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख हृदय नारायण साहले यो तयारी कक्षाले परिक्षार्थीहरुमा लोक सेवा आयोग परिक्षा सम्बन्धी अन्यौलता हटाउन मद्धत पुर्‍याउने दावी गर्नु भयो । त्यसैगरी नेपाल क्रान्तिकारी पत्रकार संघका अध्यक्ष आरके पटेलले यो तयारी परिक्षा पर्सा जिल्लामा पहिलो भएकोले यसबाट जतिसक्दो हामीले फाईदा लिनु पर्नेमा जोड दिनु भएको थियो । महिला तथा बालबालिका कार्यालय पर्साकी अधिकृत उर्वरा लुइटेलको सभापतित्वमा शुरु भएको लोक सेवा तयारी कक्षामा विभिन्न जिल्लाबाट करिव ६० जना महिलाहरुको सहभागिता रहेको छ । महिला उम्मेदवारीहरुको लागि विशेष ध्यान दिएर आजबाट शुरु गरिएको विशेष तयारी कक्षा बैशाष ७ गतेसम्म संचालन हुने कार्यक्रम संयोजक उर्वरा लुइटेलले बताउनु भयो । तयारी कक्षामा सहभागि महिलाहरुलाई पर्साका प्रमुख जिल्ला अधिकारी, कोलोनिका, नापी कार्यालयका प्रमुख, प्रध्यापक, परराष्ट्र कार्यालयका सचिव लगायतले लोक सेवा आयोग र त्यसको परिक्षाको बारेमा जानकारी दिनु हुने आयोजकले जनाएको छ ।


No comments:

Post a Comment