Pages

खरेलको बिदाई अपराधी सक्रिय

वीरगंज २८ चैत्र/  बीरगंज पथलैया सडक खण्ड अन्तरगत पर्साको परवानीपुरस्थित अमृत घयू अगाडी आज विहान अज्ञात समूहले गोली हानी एक जना व्यक्तिलाई गम्भीर घाईते बनाएको छ ।
गम्भीर घाईते हुनेमा वीरगंज २ छपकैया निवासी ४० वर्षिय नुर आलम रहेका छन । उनको पेट र पाखुरामा गोली लागेको छ । ना.७.प ३१६५ नम्बरको मोटरसाईकलमा डाबरबाट बीरगंज तर्फ आउदै गरेको अवस्थामा हिान साढे ११ बजे उनी माथि गोली प्रहार भएको हो । कालो रंगको मोटरसाइकलमा रहेका २ जना अपरिचीत ब्यक्तिहरुले बाराको लिपनीमाल गाविस वडा नम्बर ८ स्थित अमृत घयू नजिकै गोली हानी घाइते बनाएका थिए । घाइते आलमको वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार नसकेपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । घाईते सगै मोटरसाईकल पछाडी बसेका छपकैया २ कै अफिज आलम अनुसार मोटरसाईकलमा रहेको दुईको समूहले आफूहरु माथि अन्धाधुन गोली प्रहार गरी फरार भएको बताएका छन । घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्साले घटनास्थलमा पुगी अपराधीहरुलाई खोजी कार्य तिव्र रुपमा बनाइएको पर्सा प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक रमेश खरेलको बिदाईको चर्चा सुन्ने बितीकै पर्सामा अपराधीक तत्वहरु सक्रिय भई गोली हाना हान गरी आफनो शक्तिको प्रदार्शन गर्न थालिएको हुदा पर्साबासीहरुले असुरक्षित र अशान्तिको अनुभुति गर्न थालेका छन । 

No comments:

Post a Comment