Pages

मुक्तिनाथ पिठाधिश्वर स्वामी बीरगंजमा

बीरगंज २० फागुन/  मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले वर्तमान नेता तथा शासकहरुले हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष बनाएर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरेको बताउनु भएको छ ।
मेची महाकाली जल सम्पदा संरक्षण कार्यक्रममा आफू देश दौडाहामा रहेको बताउदै मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य शनिबार वीरगंजमा पत्रकार सम्मेलनमा दाबी गर्नु भयो । उहाँले यस्तो गर्नेहरुले आफै त्यसको सजाय पाउने पनि दाबी गर्नु भयो । आउदो सात देखि १० बर्षभित्र मुलकुको आमूल परिवर्तन हुने र मुलुकको नेतृत्व नारीले गर्ने दाबी गर्नु भएको छ । उहाँले बर्तमान नेता तथा शासकहरुको कार्यशैलीको चर्को बिरोध गरेका थिए । हाल सम्म आफू कुनै दलमा आबद्ध नभएको दाबी गर्दै उनले दलका नेताहरु अझैपनि नसुध्रे उनीहरु अर्को जन्ममा कुकुर,गिद्ध,सुंगुर जस्ता पशु भएर जन्मने बताउनु भयो । आफू भगवानको आराधना भन्दा दिनदुखीहरुको सेवामा बढि तल्लिन हुने गरेको दाबी गर्नु भयो । मुलुकको विकासका लागि कसैसंग भिख माग्नु नपर्ने बताउदै उनले मुलुक शान्त मात्र यसले आफै ठूलो फड्को मार्ने दाबी गर्नु भयो । हाल आफूले चलाएको मेची महाकाली जल संम्पदा संरक्षण कार्यक्रम मुलुकका पवित्र नदीहरुलाई बागमती र बिष्णुमति जस्तै अपवित्र र प्रदुषित हुन बाट जोगाउनु रहेको बताउनु भयो । उहाँले आमाले पानी नखाए बच्चा दूध चुसाउन नसक्ने उदाहरण दिदै पानी सबैका लागि आवश्यक रहेको र यसको संरक्षण गर्नु आफ्नो मात्र नभई सबैको दायित्व रहेको बताउनु भयो ।

No comments:

Post a Comment