बीरगंज २० फागुन/ होलीमा हुने विभिन्न विकृतीबाट भने समाजलाई जोगाउनु पर्ने वक्ताहरुले आफ्नो धारणा राखेका छन ।
फागु पूर्णिमाको अवसरमा क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा होली मिलन समारोहमा बोल्दै वक्ताहरुले फागु पुर्णीमा तराईका समुदायको छठ पछिकै महान पर्व भएकाले सवै समुदायका मानिसहरुले एक आपसमा मिलेर हर्षोल्लासका साथ मनाउनु पर्नेमा जोड दिएका थिए । होलीमा हुने विभिन्न विकृतीबाट भने समाजलाई जोगाउनु पर्ने उनीहरुको धारणा रहेको थियो । क्रियाशील युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली कांग्रेसका सभासद ओमप्रकाश शर्मा, नगर सभापति मोहमल साहबुदिन, नारायणी एफ.एमका रबि दाहाल, वीरगंज उद्योग वाणीज्य संघका महासचिव सुबोध गुप्ता, राष्ट्रिय सरोकार मंचका अंचल संयोजक नन्द किशोर गोयल, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, रिपोटर्स क्लव पर्साका अध्यक्ष कन्हैया गुप्ता लगायतकाले होलीको महत्व बारे प्रकाश पार्दैर्ै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पर्सेलि संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा एक आपसमा अविर लगाई तथा नाच गान गरी होली मनाएका थिए । वीरगंज उद्योग वाणीज्य संघका महासचिव सुबोध गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन दिलीप राज कार्कीले गर्नु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा अरुण बिक्रम शाह, यमुना प्राधानाङ्ग, अच्युत प्राधानाङ्ग, बलदेव उपाध्याय, मोतीउर रहमान लगायतले हास्यब्यङ्ग खाले कबिता प्रस्तुत गर्नु भएको थियो ।

No comments:
Post a Comment