Pages

महामन्त्री द्वारा कार्यालयको समुद्घाटन

बीरगंज २० फागुन/  नेपाली कांग्ेरसका महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले शान्ति प्रकृयालाई सार्थक निष्कर्शमा पुर्याएर मात्र अन्य कुरोमा ध्यान दिने बताउनु भएको छ ।
आज वीरगंजमा नेपाली काग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रिय कार्यालय समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सिंहले हाल नेपाली कांग्रेसलाई नजरअन्दाज गर्ने काम भई रहेकाले अन्य दललाई उनले त्यसो नगर्न सुझाव दिए । माओवादीको व्यवहारका कारण दलहरुबिच विश्वासको संकट पैदा भएको आरोप समेत उनले लगाएका छन् । सिंहले नेकाले शान्ति प्रकृया र संविधान सभामा आफ्नो कुनै नया माग र अडान अघि नसारेको बताउदै माओवादीकै बखेडाका कारण दुबै काम ढिलो भएको आरोप लगाउनु भयो । संविधान सभाले प्रशस्त काम गरी सकेको बताउदै सिंहले तर माओवादीले जनवादी र अन्य दलले लोकतान्त्रिक संविधान बनाउने बिषयमा विवाद भई रहेको बताउनु भयो । उहाँले बिगतमा पनि माओवादीले बन्दुक र लडाकुको भरमा संविधान लेखाउन चाहेकोमा नेकाले त्यसको बिरुद्ध जनजागरण अभियान चलाएर बिफल बनाएको दाबी गर्नु भयो ।



No comments:

Post a Comment