Pages

दलहरु बीच बिश्वासको संकट बन्नुमा प्रधानमन्त्री दोषी रहेको : महामन्त्री सिंह

बीरगंज २१ फागुन/  नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरु बीच बिश्वासको संकट बन्नुमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईनै प्रमुख दोषी रहेको आरोप लगाउनु भएको छ ।
नेपाल प्रेस युनियन पर्साले आज बिहान बीरगंजको होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका महामन्त्री सिंहले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री भट्टराईले सेना समायोजन बिशेष समितीको बैठक नबोलाएर दलहरु बीच अविश्वासको बातावरण अघि बढाएको बताउनु भयो । उहाँले दलहरु बीच बढ्दै गएको अबिश्वासले मुलुकलाई अन्यौलता तर्फ ढकेली रहेको टिप्पणी गर्नु भयो । माओवादी जनवादी संबिधान ल्याउन खोजेको आरोप लगाउदै कांग्रेसका महामन्त्री सिंहले जनवादी संबिधान अवलोकतान्त्रीक हुने रहेपनि त्यस्को औचित्य नहुने टिप्पणी गर्नु भयो । माओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको बिवाद समाधान उपसमितीले गरेका काममा माओवादीकै सभासदहले असहमती बिरुधको बखेडा झिकेर संबिधान निर्माणको प्रकृयामा बाँझो हाल्ने काम गरिरहेको कांग्रेसका महामन्त्री सिंहले बताउनु भयो । नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका पुर्वसभापति राजेन्द्र बहादुर आमात्य, क्षेत्रीय सभापति श्याम पटेल, नगर सभापति मोहमद साहबुदिन लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment