बीरगंज १८ फागुण/ मानव अधिकार तथा लैङ्गिक हिंसा बिरुधको राष्ट्रिय कार्ययोजना बारे कार्यान्वयन स्थिती अनुगमन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौले आयोजना गरेको कार्यक्रममा कार्ययोजनामा तर्जुमा प्रकृया, कार्ययोजनाको उद्देश्य, मानव अधिकार राष्ट्रिय कार्ययोजना द्वारा समेटिएका बिषय बस्तु, कार्ययोजनाको कार्यान्वयनका लागि जिम्मेवार निकाय, बजेट ब्यवस्था, कार्यान्वयन तथा अनुगमन ब्यवस्था लगायतका कुरामा छफलफ गरिएको थियो । स्थानिय निकायहरुले आफनो बार्षिक कार्ययोजनामा मानव अधिकारको संरक्षण र संवर्धणका लागि कार्यक्रमहरु समावेश गरि कार्यान्वयन गर्ने र त्यस सम्बन्धी प्रतिबेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने ब्यवस्था कार्ययोजनामा गरिएको कारण स्थानिय निकायहरु समेत कार्ययोजनाको कार्यान्वयनमा जिम्मेवार रहेको बताइएको थियो । बिकश योजना तथा कार्यक्रममा मानव अधिकारको दृष्टिकोणलाई समावेश गर्ने, नेपाल सरकारको मानव अधिकारप्रतिको प्रतिवद्धतालाई कार्यगत रुपमा अझ सपष्ट गर्ने, मानव अधिकारको संवद्र्धन र संरक्षणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोतहरुको परिचालन गर्ने लगायत उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव केशव बास्तोला, पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाल कोईराला, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहमचार्य, जिल्ला शिक्षा अधिकारी प्रमोद साह लगायतकाको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment