Pages

अमर यादव द्वारा पत्रकार भेटघाट

बीरगंज १८ फागुण/ मधेश तराई फोरम पार्टीका केन्द्रिय अध्यक्ष अमर यादवले मधेशको स्वयतता र स्वतन्त्रताको लागि जनमत संग्रह गराउनु पर्ने बताउनु भएको छ ।
रिपोटर्स क्लव पर्साले आज बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले समायोजन संगै मधेशीहरुको सेनामा सामुहीक प्रवेश नभएका कारण मधेशी मोर्चा लगायतका पार्टीहरुले सरकार र संबिधान सभाबाट राजिनामा दिई जनतामा आउनु बाहेक बिकल्प नरहेको बताउनु भयो । उहाँले मधेशी मोर्चाले गणतान्त्रिक पार्टीका अध्यक्ष गुप्ताको भ्रष्टाचार प्रकरणमा मोर्चाले लिएको अडान अनुसार न्यायधिशद्वय माथि सरकारको तर्फबाट संसदमा महाभियोग प्रस्ताव दर्ता गरी महान्यायधिवक्ताको कार्यालय मार्फत सर्वोच्चको फुल बेन्चमा अपिल गर्नु पर्ने माग गर्नु भएको छ । कार्यक्रम अतिथीमा बिधार्थी फोरमका केन्द्रिय कमिटिका केन्द्रिय अध्यक्ष गौरी पंडित, पर्सा जिल्ला तैयारी समितिका संयोजक सुलेमान हवारी रहनु भएको थियो ।

No comments:

Post a Comment