बीरगंज १७ फागुण/ माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रकृया र संबिधान निर्माणको मुख्य बाधक कांग्रेस र एमाले रहेको आरोप लगाउनु भएको छ ।
पर्साको सुवर्णपुरमा बुधबार आयोजित शहिद स्मारकको अनावरण समारोहलाई सम्बोधन गर्दै दाहालले शान्ति प्रकृया र संविधान निर्माणको बिरोधी माओवादी नभई काग्रेस र एमाले रहेको आरोप लगाउनु भयो । शान्ति र संविधान लेखन प्रकृया समयमै निष्कर्षमा पुग्यो भने माओवादी प्रति जनताको समर्थन बढने डरले कांग्रेस र एमालेले भाजो हाल्ने काम गरिरहेको आरोप लगाउनु भयो । दाहालले माओवादी पार्टीलाई भ्रष्टाचारी र एशियाकै धनी पार्टी भन्ने कांग्रेस र एमालेको इमान्दारीता भनेकै भ्रष्टाचार र तस्करी गर्नु भएको समेत आरोप लगाउनु भयो । दाहालले शान्ति र संविधान प्रकृया माओवादीलेनै जन्माएकाले माओवादीकै नेतृत्वमा तार्किक निष्कर्षमा पुग्ने जिकिर पनि गर्नु भयो । नेपाललाई संसारकै स्वर्ग मुलुक बनाउन सकिने भन्दै माओवादी अध्यक्ष दाहालले सम्मानजनक ढंगले शान्ति प्रकृया टुंग्याएर जनताको नयां संविधान बनी छाडने जिकीर गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै माओवादी मधेश ब्यूरो इन्चार्ज गिरिराजमणी पोख्रलले जनताको हितमा संविधान बनाउन नदिन षडयन्त्र भइरहेको आरोप लगाउनु भयो । उहाँले त्यो षडयन्त्र विफल पारी पार्टी सडक, सदन र सरकारको मोर्चामा रहेर संघर्ष गरिरहेको बताउनु भयो । माओवादी पर्साले आयोजना गरेको कार्यक्रममा माओवादी भोजपुरा सह इन्चार्ज प्रभु साह, भोजपुरा सेक्रेटरी अन्जना बिशंखे, सभासद जयराम दाहाल लगायतका नेताले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका पर्साका ३५ शहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले कदर पत्र र दोशल्ला ओढाएर सम्मानीत गरिएको थियो । सुर्वणपुर ५ मा १७ लाख रुपैयाको लागतमा शहिद स्मारक निर्माण गरिएको हो । स्मारकमा जनयुद्धकालमा शहादत प्राप्त गरेका ३५ शहिदको शालीक स्थापना गरिएको छ । अध्यक्ष दाहाल लगायतका केन्द्रीय नेताहरु राजधानीबाट हेलिकप्टरमा दिउसो साढे १२ बजे आउनु भएको थियो । उहाँहरु आजै साँझ करीब साढे चार बजे राजधानी फर्कनु भएको थियो ।

No comments:
Post a Comment