Pages

दुई दिने लेखा परीक्षण तालिम शुरु

दिपक गौतम
वीरगंज १७ माघ/  जिल्ला विकास समिती पर्सा अन्र्तगतको स्थानीय विकास कोष पर्साको आयोजनामा जिल्लाका बिभिन्न १८ गाविसमा रहेका बिभिन्न १८ वटा समुदायिक संस्थाका ग्रामिण लेखा परीक्षकहरुलाई लक्षित गर्दै लेखा परीक्षण सम्बन्धी दुई दिने तालिम आज देखी बीरगंजमा शुरु भएको छ ।
कलवार धर्मशालामा सञ्चालित उक्त दुई दिने तालिमको स्थानीय विकास अधिकारी रामाद्यिन यादवले उदघाट्न गर्नु भएको थियो । स्थानीय विकास अधिकारी यादवले दुई दिनको अवधीमा भए पनि लेखा परीक्षणको बिषयमा बढी भन्दा बढी सदुपयोग गर्न आग्रह गर्नु भयो । हिसाब किताबको पारदर्शिताका लागि लेखा परीक्षण आवश्यक रहेकाले लेखापालहरुलाई लेखा परीक्षणको तालिम लिन जरुरी रहेको उहाले बताऊनु भयो । उदघाट्न सत्रमा स्थानीय विकास कोष पर्साका लेखापाल हरी कर्मी, स्थानीय विकास कोषका कार्यक्रम संयोजक मिनराज गौतमले तालिमको उपलब्धी र आवश्यकताका बारेमा प्रकाश पार्नु भएके थियो । पर्सा जिल्लाको सखुवा प्रसौनी, अमरपट्टी, हरीहरपुर विर्ता, बेल्वा, झौवागुठी, औराह, मिर्जापुर श्रीर्सिया, पोखरिया, पचंरुखी, निचुटा, सुपौली लगायतका गाविसमा रहेका सामुदायिक सस्थाहरुका लेखापालहरुलाई लेखा परीक्षणको तालिम दिईन लागीएको हो । तालिममा जिल्ला विकास समितीका आलेप अधिकृत हरीशंकर कुर्मी, स्थानीय विकास कोषका लेखापाल हरी कुर्मी, लेखा परीक्षक एवम स्थानीय विकास कोष पर्साका कार्यक्रम संयोजक मिनराज गौतमले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा आर्थिक कारोबार र सोको अभिलेख राख्ने, एकोहोरो र दोहोरो लेखा प्रणली, आन्तरीक र बाह्य लेखा परीक्षण लगायतमा बिषयहरुमा प्रशिक्षण दिईने छ ।

No comments:

Post a Comment