Pages

शहिद दिवसमा बिभिन्न कार्यक्रम

बीरगंज १६ माघ/  नेपाली कांग्रेस बीरगंज नगर कमिटीले शहिद दिवसको अवसरमा आज बिभिन्न कार्यक्रमको आयोजाना गरेको छ ।
बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको त्रिभुवन मल्ल र गण्डक चोकमा रहेको शहिद तेजबहादुर अमात्यको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरीएको छ । सो अवसरमा कांग्रेसका जिल्ला सभापति सभापति सुरेन्द्र चौधरी, पुर्व उपाध्यक्ष दिना गुप्ता, महासमिती सदसय उत्तमा प्याकुरेल, क्षेत्रीय अध्यक्ष लगायतले शहिदको सपनालाई हामी सबै मिलेर अगाडी बढ्न सके मात्र साकार हुने कुरा बताएका थिए । उहाँहरुले  मुलुकमा संविधान बनेर शान्ति आएपछि मात्र शहिदको सपना पुरा हुने बताएका थिए । त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस पर्साले बिभिन्न आन्दोलनमा सहभागी रहेका स्वतन्त्र सेनानी बद्रीबहाुर राज भण्डारी, दिपेन्द्र गुरुङ र रमा भट्टलाई सम्मान गरेको छ ।
     त्यसैगरी शहिद दिवसको अवसरमा राष्ट्रिय मधेशी शहिद उधान समितीले आज बीरगंजको घण्टाघर स्थित बिपी उधान परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सभामा बाताबरण राज्य मन्त्री दुर्गा देवी महतो, सभासद करिमा बेगम, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेखचान्द तारा, मधेशी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुदीन समानी, फोरम गणतान्त्रीक पर्साका अध्यक्ष हरेन्द्र सिंहले आ–आफनो मन्तब्य ब्यक्ति गरेका थिए । सभाका सभापतित्व श्रीपति चौधरीले गर्नु भएको थियो ।


No comments:

Post a Comment