Pages

मुल्य बृद्धिको बिरोधमा र्‍याली














बीरगंज १६ माघ/  सरकारले हालै गरेको मुल्य बृद्धिको बिरोधमा आज बीरगंजमा शान्ति र्‍याली निकालीएको
छ ।
र्‍यालीमा सहभागीहरुले कालो बजारी अन्त्य गर, पेट्रोलियम पदार्थ र ग्यासको मुल्यबृद्धी खारेज गर, महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । राष्ट्रिय सरोकार मञ्च नेपाल पर्साका अध्यक्ष आम अयोध्या प्रसाद कुर्मीको नेत्तवमा घण्टाघरबाट निकालीएको शान्ति र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई राष्ट्रिय सरोकार मञ्च नेपालका अञ्चल संयोजक नन्दकिशोर गोयल, अरुणबिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।


No comments:

Post a Comment