Pages

मन्त्रीलाई स्वागत एवम् सम्मान

बीरगंज २६ पुस/  सामुदायीक बिकाश केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पर्साले आज बातावरण राज्य मन्त्री दुर्गा देबीलाई स्वागत एवम् सम्मान गरेको छ ।
बीरगंज उपमहानगरपालिका वडा नम्बर १५ स्थित सेवा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष सुरेश साहले सामुदायीक सेवा केन्द्रको बिकाशको लागि पहल गर्न आग्रह गर्नु भयो । सोही अवसरमा बातावरण राज्य मन्त्री दुर्गा देबीले भवन निर्माणको लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिब्धता जनाउनु भयो । कार्यक्रममा सामुदायीक सेवा केन्द्र पर्साका बिभिन्न पदाधिकारीहरुले राज्य मन्त्रीलाई सम्मान गरेका थिए ।

No comments:

Post a Comment