बीरगंज २६ पुस/ पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले एकल महिलाहरुका लागि जिल्ला बिकाश समितीले छट्टै रकम छुट्याउनु पर्ने बताउनु भएको छ ।
मानव अधिकारका लागि एकल महिला समुह क्षेत्रीय कार्यालय चितवनको सहयोग तथा शाखा कार्यालय पर्साले आज बीरगंजमा आयोजना गरेको एकल महिलाको उत्थानको लागि सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कोईरालाले यस्तो बताउनु भयो । उहाँले समाजिक परिर्वतन हुन आवश्यक रहेको र ६० बर्ष यता सकारात्मक परिर्वतन पनि आएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोईरालाले एकल महिलाको हकहितका लागि सबै एक जुट भएर लाग्नु पर्ने आवश्यकता पनि औल्याउनु भयो । महिला तथा बालबालिका कार्यालय पर्साकी प्रमुख उर्वरा लुईटेलले एकला महिलाको अत्थानका लागि पुरुष प्रधान समाजबाट निर्देशित बिभेदकारी निती नै परिर्वतन हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा क्षेत्रीय कार्यालय चितवनकी संयोजक बिष्णु पाण्डेले एकल महिलाको स्तर पछि परेमा आफनो आत्म बल पनि शुन्य हुने भन्दै उनीहरुको स्तर बृद्धिका लागि चेतना मुलक र शिप मुलक कार्यक्रम प्रदान गर्नु पर्ने बताउनु भयो । मानव अधिकारका लागि एकल महिला समुह पर्सा शाखाकी संयोजक प्रेमा खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा, माईती नेपाल बीरगंजकी प्रमुख संगिता पुरी, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवरज खड्का, समाज सेबी उषा शाह लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममम पर्सा जिल्लाका बिभिन्न गाबिसबाट एकल महिलाहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment