Pages

मनि चेन्जरमा नक्कली नोट

बीरगंज २६ पुस/  बाराको सदरमुकाम कलैयामा रहेको सत्य मनि चेन्जरबाट एक हजार रुपैयाको एक थान नक्कली नोट फेला परेको छ ।
जिल्लाको दक्षिण झिटकैंया ७ निवासी शिवपुजन राज यादवले आफ्ना भाई राजपुजन यादवले कतारबाट पठाएको ९७ हजार रुपैया सोही मनि चेन्जरबाट फिर्ता एक हजार रुपैयाको एक थान नक्कली नोट मनि चेन्जरले दिएको यादवले जानकारी दिनु भयो । फेला परेको एक हजारको नक्कली नोटमा ख ५०१९९४५३ नम्बर रहेको यादवले जानकारी दिएका छन् । नक्कली नोट भएको तत्काल जानकारी गराउँदा पनि मनि चेन्जर अर्को नोट दिन आनाकानी गरेपछि यादवले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । यसघी पनि सोही मनि चेन्जरबाट एक हजारको नक्कली नोटठ फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक केशर बहादर कार्कीले जानकरी दिनु भयो ।

No comments:

Post a Comment