बीरगंज १० माघ/ राष्ट्रिय जनमोर्चा पार्टीले तोकिएको समयमा संबिधानको निर्माण, संघियताको खारेजी र स्थानिय निकायको निर्वाचनका लागि जोड दिदै पुस १५ गते देखी चैत्र २७ गते सम्म संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।
बीरगंजको आज बीरगंजको होटल समझनामा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय समितीका अध्यक्ष कर्ण बहादुर थापाले संघर्षको कार्यक्रमबारे जानकारी गराउनु भयो । पटक पटक संबिधन सभाको म्याद थप गरिएपनि संबिधान निर्माणको कार्य अनिश्चित रहेकाले दवाव स्वरुप संघर्षको कार्यक्रम घोषणा गरिएको उहाँले बताउनु भयो । मुलुकमा डण्ड हिन्ता, असुरक्षा, भ्रष्टाचार, कमिशन खोरी, हत्या, अपहरण जस्ता घटनाहरु बढेको राष्ट्रिय जनमोर्चा संघर्ष परिचालन समितीका संयोजक डम्बर पुरीद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment