बीरगंज १० माघ/ राष्टिय बाणिज्य बैंक क्षेत्रीय कार्यालय नारायणी जनकपुरले आफनो ४७ औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
क्षेत्रीय कार्यालयले आफनै प्रागंणमा आयोजना गरेको ४७ औं बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपाल राष्ट बैंक बीरगंजका मुख्य ब्यवस्थापक उपेन्द्र कुमार पौडेलले बिगतका दिनमा जस्तो परम्परागत शैलीमा बैंक संचालन गरेर नहुनेमा जोड दिएका छन् । प्रमुख अतिथीको आसनबाट बोल्दै पौडेलले यतिवेला नेपालमा करिव २ वटा बित्तिय संस्थाहरुले वित्तिय कारोवार गरिरहेको जानकारी गराउदै, यसको लागि प्रत्येक बैंकले बैंकको केन्द्रीय कार्यालयले जारी गरेको नीति निर्देशन अनुसार संचालन गर्नु पर्नेमा जोड दिनु भयो । बैंकमा रहेको संस्थागत कुशासनलाई हटाएर संस्थागत सशासन कायम नगरेसम्म न जनताले पत्याउछ न सहयोगी संस्थाले पत्याउछ बताउदै मुख्य ब्यवस्थापक पौडेलले त्यसैले एकदमै आधुनिक तर पारदर्शी रुपमा बैंक संचालन गर्नमा जोड दिदै, बाणिज्य बैंकको १ सय ३४ वटा शाखाहरुमध्ये करिव ६ वटा उत्कृष्ठ शाखा यसै क्षेत्रीय कार्यालय अन्तर्गत परेकोमा बधाई समेत दिनु भयो । क्षेत्रीय प्रवन्धक अमरेन्द्र देवको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव समारोहमा उधोगपति महेन्द्र बहादुर अमात्य, बीरगंज प्रवन्धक कृष्णानन्द झा, कालिचरण बस्नेत, पूर्व कर्मचारीको तर्फबाट सुरेन्द्र बहादुर श्रेष्ठ र पत्रकार राजु श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा विभिन्न खेलकुदमा बिजयी भएका बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन बरुण कुमार कर्णले गरेको कार्यक्रममा महेन्द्रदेव ठकु र कालिचरण बस्नेतल शुभकामना कविता बाचन गरेका थिए ।

No comments:
Post a Comment