बीरगंज १० माघ/ बीरगंज ताईक्वाण्डो डोजाङ्ग क्षेत्रीय खेलकुद बिकाश समितीका अध्यक्ष राज कुमार कार्की तथा मध्यमाञ्चल ताईक्वाण्डो युनियनका अध्यक्ष शैलेन्द्र अमात्य बिरुद्ध कारवाहीको माग गरेको छ ।
कारवाही नगरिए अगामी १७ गते देखी नेपालमा हुने कुनैपनि खेलको आयोजना हुन नदिने कार्यालय डोजाङ्गले चेतावनी दिएको छ । आज बीरगंजको होटल समझनामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रशिक्षक बिजय साह ठकुरी, महमद सकिल र नाजीर हुसेन अंसारी द्वारा जारी बिज्ञप्तीमा यस्तो चेतावनी दिएको हो । माघ ८ गते राजधानीको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद भित्र नेपाल ताईक्वाण्डो खेलका प्रशिक्षक गणेश लामा जिम्वा र राजेन्द्र खत्री माथि संघातीक आक्रमण गरी घाइते बनाएको डोजाङ्गको आरोप रहेको छ । आक्रमणको भत्र्सना गर्दै बिभिन्न मागहरु अघी बढाईएको छ । कार्कीको राजिनामा, घटनाबारे छानबिन गरी दोषी माथी कारवाही र मागपुरा नभए खेलकुद प्रतियोगिताहरु अनिश्चित कालीन बन्द गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment