Pages

६३ औ भारतीय गणतन्त्र दिवस, बिभिन्न संस्थालाई ५ थान एम्बुलेन्स हस्तान्तरण

महावाणिज्य दुत आशुतोष अग्रवाल झण्डोतोलन गर्दै ।

















बीरगंज १२ माघ/  ६३ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत आशुतोष कुमार अग्रवालले झण्डोतोलन गर्नु भएको छ ।
बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा महावाणिज्य दुत अग्रवालले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति श्रीमती प्रतीभा पाटिलले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ६३ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा महाबाणिज्य दुत अग्रवालले जिल्ला अस्पताल सर्लाही, नेपाल मुस्लिम समाज जनकपुर, उपस्वास्थ्य चौकी बसामाडी मकवानपुरको, उपस्वास्थ्य चौकी जितपुर बारा र भारतीय भुपु सैनिक संघ, पिठुवा चितवनलाई एक एक थान एम्बुलेन्स हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा महाबाणिज्य दुत अग्रवालले एम्बुलेनसको साँचो सम्बन्धीत ब्यक्तिलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बीरगंजस्थित दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल, हरिखेतान बहुमुखि क्याम्पस र एक्स सर्भिसमिन चिल्ड्रेन एकेडमी सेकेन्डरी स्कुलका छात्र छात्राहरुले भारतको राष्ट्रियता झल्किने खालका गितहरु गाएका थिए । समारोहमा पर्सा प्रमुख जिल्ला अधिकारी शम्भु कोईराला, अंचल प्रहरी कार्यालय नारायणीका बरिष्ठ प्रहरी उपरीक्षक पंकज श्रेष्ठ, प्रहरी उपरीक्षक समेश खरेल, समाजसेवी, बुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायत स्थानिय ब्यक्तिहरु उल्लेखनिय उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment