बीरगंज २० पुस/ भारतीय चामलको आयात बढेपछि आफूहरुको भुस व्यवसाय संकटमा परेको चामल व्यवसायीहरुले गुनासो गरेका छन् ।
नारायणी भुस व्यवसायी संघको प्रथम साधारण सभा आज वीरगंजमा भएको छ । स्थानिय होटल मकालुमा आयोजित कार्यक्रमको उदघाटन गर्दै वीरगंज उद्योग वाणिज्य संंघका महासचिव सुबोध कुमार गुप्ताले भारतबाट चामलको आयात बढेपछि मुलुकमा रहेका करीब ४ सय राइस मिल मध्ये ७० प्रतिशत बन्द भई सकेको बताउनु भयो । एक सय प्रतिशत क्यापेसीटी खपत गर्ने क्षमता भएतापनि हाल ३० प्रतिशतमा झरेको कारण उत्पादनमा निकै नै कमी आएको र भारतले गैर बासमती चामल पठाएको कारणले गर्दा नेपाली चामलको खरिद विक्री गर्न नसक्दा किशानहरुको समेत उचित मुल्य समेत पाउन नसेकेको गुनासो समेत गर्नुभयो । महासचिव गुप्ताले भारतीबाट आयात भईरहेको चामलले गर्दा भुस व्यवसाय दिनप्रतिदिन धारासाहिमा पर्दै गएको बताउनु भयो । उहाले आयात भएको चामलले गर्दा नेपाली कृषकहरुले धान उत्पादन गर्न नसक्ने अवस्थामा भुस उत्पादनमै कमिआएकोले यसबाट भुस व्यवसाय नै चिन्तित बन्नु परेको बताउनु भयो । साधारणमा संघका अध्यक्ष गम्भिरा पटेलले पर्सा बारा करिडोरमा मात्र दैनिक दुई सय देखि तीन सय टन भुसको माग रहेकोमा जम्मा २० टन मात्र भुस उपलब्ध गराउन सकिएको बताउनु भयो । उहाँले स्वदेशी राइस मिल बन्द भएपछि यसबाट भुस व्यवसायीलाई पनि मार परेको बताउनु भयो । बढदो लोडसेटिङ्गले गर्दा उद्योगहरुमा उर्जाको श्रोत घटेकोले आफूहरु दोहोरो मारमा समेत परेको गुनासो गर्नु भयो । कार्यक्रमको उदघाटन शत्रमा नारायणी आयल रिफाईनरका जेनेरल म्यानेजर बाकेलाल साह, हिमालय डिस्लेरीका शाखा अधिकृत विरेन्द्र पाण्डे, मधेशी शिक्षक फोरम नेपालका हरेन्द्र चौरसिया, सघका उपाध्यक्ष सुरेश प्रसाद गुप्ता, प्रसौनी चामल संघका सुनिल कुमार गुप्ता, भोजपुरी साहित्य अनिल सर्राफ लगायतले संघको सफल्ताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघले एसएलसी परिक्षामा उतिर्ण गरेका मकालु होटलका कर्मचारी विद्यार्थी यु बहादुर थापा र अर्का एक छात्र नेहा कुमारी गुप्तालाई नगद एक हजार ५ सय रुपैया छात्रबृति प्रदान गरिएको थियो । त्यसैगरी संघलाई अगाढी बढाएकोमा महेन्द्र साह, हरेराम पटेल, उदेश पटेल र श्याम प्रसाद गुप्तालाई समेत प्रमुख अतिथी गुप्ताले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

No comments:
Post a Comment