Pages

बिभिन्न ब्यक्तिहरु सम्मानीत














वीरगंज १८ पुस/  पुस ८ गते देखी बीरगंज उधोग वाणिज्य संघले संचालन गरेको अन्तराष्ट्रिय ब्यापारीक मेला नेक्स्पो २०११ को समापन समारोहमा उधोग मन्त्री झाले मेला अवधिभर उतकृष्ठ स्टल राखेकोमा मुख्य प्रायोजक शालिमार ग्रुपका संचालक राज कुमार बैद्यलाई टोकेन अफ लभ प्रदान गरि सम्मानीत गर्नु भएको थियो ।
त्यसैगरी सूर्य नेपाल, चाचान ग्रुप, कृषि विकास बैक, चौधरी ग्रुप, एच एमबी बैक, साई ग्रुप, वर्ग ईन्डिया लगायत मेलालाई सफल बनाउन सहयोग पुर्‍याउने संचारकर्मी, विद्यार्थी लगायत विभिन्न संघ सस्थालाई समेत टेकेन अफ लभ प्रदान गरि सम्मानीत गर्नु भएको थियो । संघका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न सो समारोहमा सभासद अजय चौरसिया, ओम प्रकाश शर्मा, करिमा वेगम, पदम ज्योती, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक बैद्य, संघिय सदभावना पार्टीका सह महासचिव शिव पटेल लगायतकाले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । ब्यापारीक मेलामा देशी तथा बिदेशी गरी २ सय बटा स्टलहरु राखिएको थियो । सो मेला पुस ८ गते देखी १८ गते सम्म संचालनमा आएको
हो ।

No comments:

Post a Comment