Pages

उद्योगी व्यापारीहरु साग छलफल











वीरगंज, २१ पुस/ सार्वजनिक निजी संवाद केन्द्रको सक्रियतामा तथा यु.एस.एड र वाणिज्य विभागको सहयोगमा आयोजित आयात / निर्यात नियन्त्रण ऐनको मस्यौदामा संशोधन परिमार्जन गर्ने उद्देश्यले आज एक समारोहका बीच वीरगंज उधोग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिती सदस्य एवं उद्योगी व्यापारीसाग छलफल सम्पन्न भएको छ ।
सो अवसरमा संघका कार्यवाहक अध्यक्ष तथा औद्योगिक प्रबद्र्धन बोर्डका सदस्य अशोक वैद्यले मुलुकको आर्थिक विकासमा निर्यात व्यवसायले ठूलो भूमिका खेल्ने भएकोले अब बन्ने नयाँ आयात निर्यात नियन्त्रण ऐनमा नियन्त्रण शब्द हटाएर सहजीकरण भन्ने शब्दावली राख्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । साथै आयात र निर्यातमा देखिएका नीतिगत समस्या र व्यवहारिक कठिनाईलाई नयाँ ऐनले सम्बोधन गर्नु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी संघका कोषाध्यक्ष प्रदीप केडियाले यता केही दिनदेखि कहिले श्रम ऐन, कहिले आयात निर्यात ऐन त कहिले नेपाल भारत द्विपक्षीय व्यापार मुद्दाहरु लगायतका विषयहरुमा निरन्तर अन्तरक्रिया कार्यक्रम भई रहेतापनि मोफसलका उद्योगी व्यवसायीहरुले दिएको सुझाव र सल्लाह प्राथमिकतामा नपर्ने भएकोले अन्तरक्रियाको महत्व र गरिमामा ह्रास आई रहेको दुखेसो समेत व्यक्त गर्दै आयात निर्यात सँग सम्बन्धित निजी क्षेत्रको सुझाव प्राथमिकतामा पर्ने पर्ने समेत धारणा व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा संघका पदाधिकारी सत्यनारायण मित्तल, दिपक टिबडेवाल लगायत उद्यमी व्यवसायी तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment