Pages

महालक्ष्मी फाइनान्सको साधारण सभा














 बीरगंज २२ पुस/  महालक्ष्मी फाइनान्स लिमिटेडले आज बीरगजमा आफनो १६ औ साधारण सभा सम्पन्न गरेको छ ।
बीरगजको एक स्थानीय होटेलमा विशेष कार्यक्रमको आयोजना गरी १६ औ साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सका अध्यक्ष् बाबुलाल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभाको बारेमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले फाइनान्सको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए । बीरगंजकै पहिलो फाइनान्सको रुपमा रहेको महालक्ष्मी फाइनान्सले गत बर्षो तुलनामा २३।७९ प्रतिशत निक्षेपमा बुद्धि गरी रु। २१५ करोड ४४ लाख १९ हजार तथा कर्जा तर्फ२४।२५ प्रतिशतले बृद्धि गरी रु। ६ करोड ४९ लाख ७२ हजार कायम गर्न सफल रहि खुद मुनाफा ५७।६७ प्रतिशतले बृद्धि गरी रु। ६ करोड ४९ लाख ७२ हजार पुरयाउन सफल भएको अध्यक्ष अग्रवालले साधारण सभालाई जानकारी गराएको छ । विगत १५ बर्षदेखि निरन्तर रुपले लाभाशं वितरण गर्दै आएको यस कम्पनिले समिक्षा अवधिमा पनि आफनो शेयरहोल्डरलाई १०।९० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । हाल ८ वटा शाखाहरुबाट एटिएम सुविधा सहितको सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउदै काठमाडौको पुतलीसडक शाखाबाट लकर सेवा समेत शुभारम्भ भइसकेको कुरा साधारण सभालाई जानकारी गराउदै आउदो दिनमा अन्य शाखाहरुबाट समेत लकर सेवा संचालन गर्ने तर्फकम्पनिमा छलफल भइरहेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । साथै मर्जको सम्बन्धमा उपयुक्त र आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए । कार्यक्रममा संचालक समितिका सदस्य रमेश भटर्राई, श्याम रुगंटा, लक्ष्मणजी कलवार र नवराज शर्माको समेत उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment