Pages

विद्यार्थीद्धारा महिला कर्मचारीसंग दुर्ब्यवहार

बीरगंज २२ पुस/ बीरगंजस्थित ठाकुरराम बहुमुखि कलेजमा कलेज कर्मचारीले परिक्षार्थीलाई चेकजाच गरेको निहुमा एक विद्यार्थीले दुर्ब्यवहार गरेको छ ।
ठाकुरराम बहुमुखि कलेजमा संचालन भैरहेको बि।बि।एस। दोस्रो बर्ष अर्न्तर्गत बिजिनेश ल बिषयको परिक्षा दिन जाने क्रममा छात्रालाई चेकजाच गर्ने क्रममा ठाकुराम कलेज स्ववियु सदस्य धर्मराज यादबले अवरोध पुरयाउदै महिला कर्मचारी मनिषा कुमारी दनुवारमाथि दुर्ब्यवहार गरेका छन् । परिक्षा केन्द्रभित्र प्रवेश गर्नु पूर्व कलेजबाट खटिएको कर्मचारीलाई आफनो प्रवेश पत्र देखाउनु पर्ने र कुनैप्रकारको किताव, गाइड वा नक्कल कागज राखेको छ कि भनेर चेक गर्ने नियमित प्रक्रियाको विरोध गर्दै स्ववियु सदस्य यादबले दनुवारलाई तथानाम गालीगलौच गर्दै उनीमाथि हातै हाल्न खोजेको कलेजको आरोप छ । एम।ए। विभागका हेड अफ असिस्टेन्टको रुपमा कार्यरत मनिषा कुमारी दनुवारले कलेजले हामीलाई परिक्षा मर्यादित बनाउनको लागि खटाएको हो, यदि हामीले ब्यक्ति ब्यक्तिको प्रभावमा परेर चेकजाचै नगर्ने हो भने, यो परिक्षाको मर्यादा के रहन्छ त ( तर आफुले राम्रो काम गर्दा गर्दै पनि एउटा स्ववियुको सदस्य जस्तो ब्यक्तिले म महिलासंग गरेको दुर्ब्यवहार अक्षम्य रहेको बताईन । यस सम्बन्धमा कलेज प्रशासनलाई जानकारी गराउने र कारवाहीको लागि आग्रह गर्ने बताईन । होइन भने भोलीको दिनमा कुनै पनि कर्मचारीले आफनो दायित्व इमान्दारिपूर्वक निर्वाह गर्ने छैन, दनुवार बताउछिन । तर समयमै अन्य प्रध्यापक र सुरक्षाकर्मी पुगेर दनुवारलाई जोगाएको थियो । एउटा स्ववियु सदस्य जस्तो पदमा रहेको ब्यक्ति आफैले परिक्षालाई मर्यादित बनाउन पहल गर्नु पर्नेमा उल्टै विद्यार्थीलाई चेकजाच गरेको निहुमा महिला कर्मचारीलाई गालीगलौच गर्ने र हातै हाल्ने प्रयास गर्नुलाई एकदमै अमर्यादित घटना हो भनेर बताउछन्, कलेजका सहायक क्याम्पस प्रमुख जनक महतो । यसबारेमा स्ववियु पदाधिकारीहरुसंग बसेर छलफल गरी कारवाहीको प्रक्रियालाई अगाडी बढाउने महतोले बताए ।

No comments:

Post a Comment