बारा २३ पुस/ बारा जिल्लाको निजगढमा शुक्रबार देखि शुरु भएको दुई दिने नारायणी अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण तीन रजत र तीन कास्य सहित अन्जु आदर्श तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
त्यसैगरी दुई स्वर्ण र्दुई रजत र तीन कास्य पदक ल्याई बाग्देब तेक्वान्दो डोजाङ दोश्रो भएको छ भने दुई स्वर्ण तीन कास्य लिएर मकवानपुर तेश्रो भएको छ । खेलको महिला ४० किलो मुनी प्रथम मनिता गुरुङ पर्सा दोश्रो सिमा बास्कोटा बाग्देब भए । ४६ किलो मुनी श्रृजना थापा मकवानपुर प्रथम , चित्रकला गुरुङ पर्सा दोश्रो तथा समी लामा मकवानपुर र अस्मीता बस्नेत होली तृतीय भए । पुरुष २५ किलो मुनी प्रथम बिमल श्रेष्ठ अन्जु , दोश्रो रन्जना प्रजा अन्जु र तृतीय उत्तम परियार र सन्जोज बुढाथोकी होली भए । ३० किलोमा प्रथम समन बस्नेत होली , दाश्रो प्रदिप वाईबा अन्जु , तृतिय सन्तोष थिङ मकवानपुर र कृष्ण लामा अन्जु भए । ३५ किलो तौल समुहमा प्रथम राजु श्रेष्ठ अन्जु , दोश्रो बिश्व लामा अन्जु , तृतीय सुदिप बरैली बाग्देब र अभिषेख गुरुङ पर्सा भए । ४० किलो तौल समुहमा प्रथम सुजन थापा बाग्देब , दोश्रो प्रदिप चौधरी होली , तृतिय बिशाल लामा बाग्देब र चन्दन सिह कलैया भए । ४५ किलो तौल समुहमा श्रीकृष्ण ओझा मकवानपुर प्रथम , मनिष राउत बाग्देब दोश्रो , बिशाल लामा र अजय लामा अन्जु तृतिय भए । ५० किलो तौल समुहमा भोज बहादुर राउत प्रथम , साजन तमाङ पर्सा दोश्रो र दिपक राउत बाग्देब र शम्भु ठकाल मकवानपुर तृतिय भए । विजयीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणिज्य सघ निजगढका अध्यक्ष शम्भु बुढाथोकी , निजगढमा खेलकुद भबन कभर्डहल निर्माण समितिका अध्यक्ष मिना लामा , ईलाका बन कार्यालय निजगढका प्रमुख कोईराला, एमाओबादी निजगढका प्रमुख बद्री बडाल , फोरम लोकतान्त्रिकका मोजहर मन्सुर , जिल्ला खेलकुद बिकास समितिका कोषध्यक्ष कृष्णमुरारी खडका , एन प्यापसनका केन्द्रिय सहकोषध्यक्ष नारायण शर्मा लगायतले प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता तेक्वान्दो सघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले गरेका थिए । प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गर्नु भएको थियो । उद्धघाटन समारोहलाई सम्बोधन गर्दै लामाले खेलकुद क्षेत्रको बिकासमा सबैको सहयोगी भुमिका हुनुपर्ने बताउदै बिद्यालय र गाउ गाउ स्तरबाट खेलकुद गतिबिधी अगाडि बढनु पर्ने बताउनु भएको थियो । खेलकुदमा बन्द हडताल र आन्दोलन राम्रो नभएको सदस्य सचिब लामाले बताउदै कसैलाईपनि त्यस्तो नगर्न उहाले अनुरोध गरे । अहिले ९५ जना भोलेन्टीयरहरु नियुक्त गरेकोमा अधिकाशं प्रशिक्षक प्रशिक्षण कोर्ष ल्क्ष्क् त्चबष्लष्लन गरेकाहरुलाईनै गरेको बताउदै लामाले दक्ष प्रशिक्षकलेनै खलकुद अगाडि बढने बताउनु भयो । नेपाल तेक्वान्दो सघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा खेलकुद क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरे वापत राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई अध्यक्ष गौतमले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य मन बहादुर न्यौपानेलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले निजगढ क्षेत्रका बिभीन्न बिद्यालयहरुलाई खेलकुद सामाग्री समेत प्रदान गरेका थिए । त्यसैगरी स्वयम सेवक तेक्वान्दो प्रशिक्षक समितिका तर्फबाट प्रशिक्षक प्रशिक्षण कोर्ष गरी दक्ष प्रशिक्षक उत्पादन भई सकेको अबस्थामा अदक्ष र तालिम नलिएकाहरुलाई राजनैतिक आडमा हाल धमाधम नियुक्ती दिएको भन्दै ज्ञापनपत्र समेत दिईएको थियो । ज्ञापनपत्रमा राजनैतिक शक्तीको आडमा अदक्ष प्रशिक्षक प्रशिक्षण कोर्ष नगरेकाहरुको नियुक्ती जिल्ला र क्षेत्रको आडमा वा कुनैपनिरुपमा हुनु हुदैन । यस्तालाई रोकी दक्ष प्रशिक्षक प्रशिक्षण कोर्ष ल्क्ष्क् त्चबष्लष्लन गरेकाहरुलाई नियुक्त गराउन माग गरिएको छ । त्यसैगरी निजगढमा बन्न लागेको करिब डेढ करोडको सपिङ कम्प्लेक्स सहितको कबर्डहलको नक्सा र ईन्जिनियर रिपोर्ट समेत हस्तान्तरण सघका अध्यक्ष गौतमले गरेका थिए । निर्णायकहरुमा म सकिल , हेमलाल श्रेष्ठ , बिजय शाह , जितसिह लामा , कृष्णमुरारी खडका , मदन श्रेष्ठ, साफ गोल्ड मेडलिस्ट मनिता शाही र कास्य बिजेता यानकुमारी चौलागाई लगायतका रहेका थिए । उद्धघाटन समारोहलाई मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका उपाध्यक्ष राजेन्द्र मण्डल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मनिर देबान, गौरी शंकर उच्च माविका प्रार्चाय शुदर्शन कोईराला , निजगढ तेक्वान्दो कवर्डहल निर्माण समितिका अध्यक्ष मिना लामा , एन प्याप्सनका केन्द्रिय सहकोषाध्यक्ष एवम होली एन्जल्सका प्रिन्सीपल नारायण शर्मा लगायतकाले खेलकुद बिकासका बारेमा आफना धारणा ब्यक्त गरेका थिए ।

No comments:
Post a Comment