बीरगंज २३ पुस/ बीरगंजमा आज राष्ट्रिय टेलिभिजन पत्रकार समुह गठन गरीएको छ ।
राजु श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय टेलिभिजन पत्रकार समुह गठन गरीएको हो । बीरगंजको घण्टाघर स्थित अंकुश देनिकको कार्यालयमा सम्पन्न भएको भेलाले सो समुह गठन गरेको हो । गठित समुहको उपाध्यक्षमा कुबेरचन्द्र गौतम, सचिवमा बिजय भण्डारी, सह सचिवमा जितेन्द्र साह, कोषाध्यक्षमा पंकज श्रेष्ठ रहेका छन । त्यसैगरी सहस्यहरुमा नरेश सर्राफ, प्रदिप चौरसिया, दिपेन्द्र गजुरेल, श्याम कुश्वाहा, शेखल बहादुर क्षेत्री, जीयालाल साह र बिजय श्रेष्ठ रहेका छन । टेलिभिजन पत्रकारहरुको हक अधिकार सुनिश्चित गराउनका लागि समुह गठन गरीएको हो । त्यसैगरी सल्लाहकारमा उपेन्द्र ठाकुर, अनिल तिवारी र बिजय चौहान रहेका छन् । नवगठित समुहको पहिलो बसेको बैठकबाट समुहलाई अधिकारिकताको लागि कानुनी रुपमा पहल गर्ने र यथासिघ्र समुहको विधान पारित गराई अघि बढने निर्णय गरेको छ । नवनिर्वाचित संयोजक श्रेष्ठले यतिवेला सबैभन्दा बढी जोखिम टेलिभिजन पत्रकारलाई भए पनि सरकार र सञ्चारगृहले गम्भीरतापूर्वक नलिएको कारण आफुहरु एकजुट भई अघि बढन बाध्य भएको बताउनु भयो । वर्तमान सरकारले प्ेरस र पत्रकारको हक अधिकारको लागि सदैव सजग रहेको बताए पनि भर्खरै केही दिन अघि बीरगंजमा एक प्रहरी निरिक्षकले हिमालय टेलिभिजनका पत्रकार दिपेन्द्र गजुरेलसंग दुब्र्यवहार गरेको थियो । सो बारेमा संयोजक श्रेष्ठले निर्वाचित भए लगतै प्रधानमन्त्री कार्यालयमा फोन गरी सो घटनाको बारेमा जानकारी गराउदै, यसबारेमा तुरुन्तै कारवाहीको लागि अनुरोध समेत गर्नुभयो ।
No comments:
Post a Comment