Pages

अंकुश दैनिकको ११ औं प्रबेश











बीरगंज १६ माघ/  बरिष्ठ पत्रकार हरिहर बिरहीले सूचनाको हकमा बन्देज लगाएर वर्तमान सरकार प्रतिगमन र ज्ञानेन्द्रपथको बाटोमा हिडेको आरोप लगाउनु भएको छ ।
वीरगंजबाट प्रकाशित हुने अंकुश दैनिकको ११ औं बार्षिकोत्सवको अवसरमा आज बीरगंजको होटल मकालुमा आयोजित ‘नया संबिधान र सूचनाको हक’ बिषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै बिरहीले यस्तो आरोप लगाउनु भएको हो । उहाँले सत्तामा बसेकाहरुले जनताको सूचनाको हक खोस्ने र जनताको मुख थुन्ने काम गरेकाले उनीहरु अधिनायकवाद तर्फ अग्रसर रहेको आरोप पनि लगाउनु भयो । समारोहमा सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, पत्रकार महासंघ पर्साका सभापति अशोक तिवारी, कुमार भट्टराई, बाबुराम कौशिक, कविर राणा, निजामुद्दिन समानी, नागेन्द्र चौधरी, सुरेन्द्र चौधरी लगायतकाले अंकुश दैनिकको सफलताको कामना गरेका थिए ।  अंकुश दैनिकका संस्थापक अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


No comments:

Post a Comment