Pages

पूर्व मन्त्री आलमद्वारा पत्रकार भेटघाट


बीरगंज ४ माघ/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम तथा यातायात मन्त्री मोहम्मद अफताव आलमले प्रधानमन्त्रीको मोर्डन डेमोक्रेसी जनताप्रतिको बेइमानी र अपमान भएको बताएका छन् ।
बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्व मन्त्री आलमले नेपाली जनताले मोर्डन डेमोक्रेसी नाममा नेकपा माओबादीले नेपाली जनताको मुल्य र मान्यताप्रति ठुलो प्रहार गर्न खोजेको धारणा राखेका छन् । नेपाली जनताले त लोकतान्त्रिक संविधान खोजेको हो र त्यस्तो संविधान नेपाली कांग्रेसले मात्रै दिन सक्ने उहाँले दावी गर्नु भयो । नेकपा माओबादीको क्यान्टोन्मेन्ट खाली नगराएरै संविधान सभाको निर्वाचन गराएर नेपाली कांग्रेसले ठुलो भुल भएको स्वीकार गर्दै, तर अब जबसम्म क्यान्टोन्मेट खाली हुदैन तबसम्म संविधान बनाउनुको कुनै अर्थ नभएको धारणा समेत राख्नु भयो । यतिवेला माओबादीले लोकतन्त्र माथि अनेक वहानामा खुलेआम प्रहार गरिरहेको बताउदै, जबसम्म माओबादीले सहमती र सम्झौता अनुरुप माओबादी अघि बढदैन तबसम्म नेपाली कांग्रेसले माओबादीसंग कुनै सहमती र सहकार्य नगर्ने बताउनु भयो । उनीहरु बन्दुकको नालमा जगंलमा बसेर राज्यसत्ता कब्जा गर्न नसक्ने भएपछि, पहिले राज्य सत्तामा जसरी भएपनि पुग्ने र त्यसपछि राज्य नै कब्जा गर्ने रणनीतिमा लागेको बताउदै, उनीहरुको अब त्यो दिवास्वपना कहिल्यै पुरा नुहनेमा जोड दिए ।

No comments:

Post a Comment