Pages

स्थानीयबासी र प्रहरीबीच झडप

बीरगंज ४ माघ/  अवैद्य काठ बरामद गर्न गएको प्रहरी टोली माथि स्थानीयबासीहरुले दुईवटा गाडीमा तोडफोड गरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय सेढवा र पटेर्वा सुगोलीको संयुक्त टोलीले बिहान साढे ६ बजे पर्साको सेढवा गाँउमा राखिएको घर घरमा लुकाई राखेको पुराना काठ नियन्त्रणमा लिन थालेपछि झडप भएको हो । झडपका क्रममा ना.१ झ ६३० सेढवा र ना.१ झ ८७१ नम्बरको इलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीको प्रहरीको गाडी गाँउलेहरु तोडफोड गरेका हुन । झडपमापरि करिब आधा दर्जन स्थानियबासी र दशजना प्रहरीहरु घाईते भएको बताइएको छ । हजारौको संख्यामा रहेका गाँउलेहरु इलाका प्रहरी कार्यालय सेढवालाई घेराहाली पदर्शन समेत गरेका थिए । यसैबीच झडप पश्चात स्थानियबासि र प्रहरी बीच आजै भएको छलफलमा ११ बुंदे सहमति भएको छ । गाँउ घरमा रहेका पुराना काठहरु घर घरमा छापामारेर प्रहरीले लैजान नपाउने, प्रहरीले लगेका काठ फिर्ता गर्नु पर्ने, गाँउ मै बनाइएको फर्निचर अन्यत्र लैजाँदा गाबिसको सिफरिशको आधारमा लैजान पाउने, भारतबाट कृषि प्रयोजनका लागि २ बोरा सम्म रसायनिक मल लैजान पाउने, जनतीमा आएको भारतीय नम्बरको गाडी तीन दिन सम्म राख्न पाईने भन्ने सहमती भएको छ ।

No comments:

Post a Comment