Pages

शान्ति प्रकृया ढिलो हुनुमा कांग्ेरस मात्र जिम्मेवार नरहेको : कांग्रेस नेतृ कोईराला











बीरगंज ४ माघ/  नेपाली कांग्रेसका नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले जनयुद्धकालमा माओवादीले गरेका जनताको जग्गा सम्बन्धि निर्णयलाई संस्थागत गर्ने प्रयासलाई नेपाली काग्ेसले नस्विकार्ने बताउनु भएको छ ।
प्रेस युनियन पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले जातियताको आधारमा संघीयता बन्नु नहुने कुरामा जोड दिनु भयो । कोइरालाले कांग्ेरसले पटक पटक माओवादीलाई विश्वास गरेको तर माओवादीबाट उतिनै पटक धोखा पाइ सकेको आरोप समेत लगाइन् । उहाँले अहिलेको जस्तै उत्तरदेखि दक्षिणसम्म विभाजित पाँच वटा संघीय राज्य हुनु पर्नेमा जोड दिनु भयो । कांग्रेसका नेतृ कोईरालाले अबको नयाँ संविधान सर्वसाधारण जनताले बुझने सस्तो र छरितो हुनु पर्ने बताउनु भयो । उहाँले बर्तमान सरकारले शान्ति प्रकृया र सेना समायोजनको काममा यसरीनै ढिलाई गरी रहे कांग्रेसले समर्थन गरेर नबस्ने चेतावनी समेत दिनु भयो । बर्तमान सरकारले पहिले माओवादी सेनाको शिविर खाली गराएर सेना समायोजनको काम गर्नु पर्ने र त्यसपछि स्वेच्छिक अवकाशमा जान चाहने माओवादी सेनालाई विदा गर्नु पर्ने बताउदै कोइरालाले त्यसपछि नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताउनु भयो । शान्ति प्रकृया ढिलो हुनुमा कांग्ेरस मात्र जिम्मेवार नरहेको जिकिर गर्दै कोईरालाले अहिले भर्खरै चिनीया प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणले नेपालको इज्जत र प्रतिष्ठा अन्तर्राष्टियस्तरमा राखिदिएको बताईन । बेन जियाबाओको भ्रमणले नेपालको गुमेको मान प्रतिष्ठा जोगाई दिएको भन्दै कोईरालाल्े यस्ता अन्र्राष्टियस्तरको नेताहरुको भ्रमण अझै हुनु पर्नेमा जोड दिनु भयो । उहाँले केही मधेसी दलहरुले आफनो सस्तो लोकप्रियताको लागि मधेशीमा संख्याको आधारमा भर्नाको कुरा गरेको आरोप लगाउदै, नेतृ कोइरालााले, नेपाली सेनामा मधेशीहरुको भर्ना संख्याको आधारमा नभई, मापदण्ड पुरा गरेको आधारमा गर्नु पर्नेमा जोड दिईन । नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री मोहम्मद अफताब आलम, जिल्ला सभापति सुरेन्द्र चौधरी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको समेत उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment