बीरगंज ७ माघ/ मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालय हेटौडाले आव २०६९/७० को लागी २० वटा कार्यक्रमहरुको लागी योजना आयोगसंग करीब तीन अर्ब बजेट माग गरेको छ ।
यहा सम्पन्न योजना तर्जुमा गोष्ठीबाट उक्त बजेट माग गरिएको हो । दुई अर्ब ९८ करोड ९२ लाख ४७ हजार पाच सय ९० को बजेट माग गरेको छ । वीरगंजमा विहीबार र शुक्रबार गरी दुई दिन सम्म गोष्ठी चलेको थियो । आज मध्यमाञ्ल क्षेत्रिय बन निर्देशक राजदेव प्रसाद यादवले पत्रकार सम्मेलन गरि योजना गोष्ठीले प्रस्तावित गरेको बजेटबारे जानकारी गराएका छन् । यादवका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रम,तराई तथा शिवालीक क्षेत्रका लागि जैविक विविधता कार्यक्रम, वनस्पति संरक्षण, बाघ, बन संरक्षण लगायत २० वटा कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले प्रस्तावित बजेट अनुसारको कार्यक्रम सञ्चालन गर्दा यस क्षेत्रका १९ जिल्लामा वन क्षेत्रबाट करिव नौं लाख ५४ हजार छ सय ४० श्रमदिन रोजगार सृजना भई करिव एक लाख २६ हजार आठ सय३७ घरधुरी लाभान्वित हुने अनुमान गरिएको बताउनु भयो ।

No comments:
Post a Comment