Pages

संचार जगत जिम्मेवार बन्नु पर्छ

बीरगंज ८ माघ/  मध्यामाञ्चल क्षेत्रीय प्रशासक माधव प्रसाद रेग्मीले संचार जगतको समाजमा उल्लेखनिय योगदान रहेकाले थप जिम्मेवारीपूर्ण भूमिका निभाउन आग्रह गरेका छन् ।
आज वीरगंजमा एभिन्यूज टेलिभिजनको क्षेत्रीय ब्यूरो कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रेग्मीले संचार जगत जिम्मेवार भए समाज अनुशासित हुने बताउनु भएको थियो । रेग्मीले सञ्चार जगतले सामाजिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाराका शिक्षाविद सागिर अंसारी, मोरिससका प्रधानाचार्य उमानाथ शर्मा, सिख समुदायबाट सरदार यसपाल सिंहले बोलेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, पत्रकार महासंघका मध्यमाञ्चल संयोजक महेश दास, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले शुभकामना मन्तब्य दिएका थिए । एभिन्यूज टेलिभिजन बीरगंज क्षेत्रीय ब्यूरो चिफ राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एभिन्यूज टेलिभिजनको विभिन्न कार्यक्रममा बिज्ञापन दिई सहयोग गरेका संघ संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान पत्र प्राप्त गर्नेमा डायमण्ड स्टिल एण्डल आयरन, नेपाल शालिमार पेन्टस प्रा. लि., नेशनल मेडिकल कलेज बीरगंज, विश्वकर्मा सिमेन्ट प्रा. लि. बीरगंज, श्री सिमेन्टस इण्डष्ट्रिज प्रा. लि., होटेल पूजन प्रा. लि. बीरगंज, सीताराम गोकुल मिल्क्स काठमाडौ लि, जगदम्बा इन्टरप्राइजेज बीरगंज, प्रेष्टिज लुप मैट इण्डष्ट्रिज प्रा. लि. बीरगंजलाई सम्मानित गरेको थियो ।

No comments:

Post a Comment