Pages

बन्द उधोग चाँडै संचालनमा ल्याउने : उधोग मन्त्री झा

वीरगंज १८ पुस/ उद्योग मन्त्री एव संघिय सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मुलुक साकारात्मक दिशा तर्फ गईरहेको हुनाले समयमा शान्ति र सविधान निर्माण हुने ठोकुवा गर्नुभएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको अन्तराष्ट्रिय व्यापार मेला नेक्स्सो २०११ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाले वर्तमान सरकारका मन्त्रीहरुले सकारात्कम विचारका साथ अगाडी बढीरहेको हुनाले तोकिएको समय सिमामै शान्ति र सविधान निर्माण गर्न सक्ने दावी गर्नुभयो । उहाले सरकारको सकारात्कम कामकरवाही रहेको हुनाले बन्द रहेका सरकारी उद्योगहरुलाई खोलाउने प्रयास भईरहेको बताउदै मन्त्री झाले देश भित्र बन्द रहेको निजी उद्योगहरु समेत खुलाउने पहल भईरहेको बताउनु भयो । उहाले वीरगज पथलैया कोरिडोरलाई मन्त्रीहरुले बारम्बार औद्योगिक कोरिडोर घोषणा गरिसकेको हुनाले यसको कार्यावन्यनका लागि उद्योगपतिहरुले स्पष्ट निति ल्याए कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाले वीरगंज विश्व विद्यालय, सिमरामा रहेको विशेष आर्थिक क्षेत्र, औद्योगिक व्यवासय निति र उद्योगमा देखिएको श्रम समस्या सम्बन्धी सम्पूर्ण लेखाजोखा भईसकेको हुनाले संसदमा विचारीधिन अवस्थामा रहेको हुनाले यसलाई कार्यान्वयन गर्न ढिलाई भईरहेको स्पष्ट पार्नुभयो । सरकारले २०१२ र २०१३ लाई घोषणा गरीसकेको हुनाले यसको तैयारी तिव्ररुपमा भईरहेको पनि उहाले जानकारी गराउनु भयो । उद्योग प्रति उद्योग व्यवसायीहरुले आफनो लगानी लगाई व्यापार उद्योग प्रस्ताउट आग्रह गर्दै उद्योगलाई सहयोग गर्न राज्यले आफनो दायित्व पुरा गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । संघका अध्यक्ष अशोक टेमानीको सभापतीत्वमा सम्पन्न भएको समापन समारोहमा सभासद अजय चौरसिया, ओम प्रकाश शर्मा, करिमा वेगम, पदम ज्योती, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक बैद्य, संघिय सदभावना पार्टीका सह महासचिव शिवपटेल लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रमका मेला अवधिभर उतकृष्ठ स्टल राखेकोमा मुख्य प्रायोजक शालिमार ग्रुप, सूर्य नेपाललाई सम्मान गर्नुका साथै चाचान ग्रुप, कृषि विकास बैक, चौधरी ग्रुप, एच एमबी बैक, साई ग्रुप, वर्ग ईन्डिया लगायत मेलालाई सफल बनाउन सहयोग पुर्‍याउने संचारकर्मी, विद्यार्थी लगायत विभिन्न संघ सस्थालाई मेडल प्रदान गरी सम्मान गरेका थिए ।

No comments:

Post a Comment