Pages

खाने पानी तथा प्रहरी बिट निर्माण हुने

बीरगंज १५ पौष । समाजिक उत्थानका लागि सकारात्मक सोचको विकासको भावनाले अगाडी बढेको समर्पण सेवा सस्था पर्साले वीरगंज उपमहानगरपालिकाको खाली जग्गामा पानी टंयाकी र प्रहरी विट भवनको सिलान्याश कार्य एक समारोहबीच सम्पन्न भएको छ ।
बीरगंजको घण्टाघरस्थित बीरगंज उपमहानगरपालिकाको खाली जग्गामा जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज उपमहानगरपालिकाको समन्वयमा करिव ४ सय स्क्वायर फिट जग्गामा समपर्ण सेवा पर्साले आफनो लगानीका पानी टयाकी र प्रहरी विट भवनको निर्माण गर्न लागेको हो ।  करिब १८ लाख रुपैयाको लगानीमा निर्माण गर्न लागेको दुइ तल्ले भवनको सिलान्याश समर्पण सेवाका संरक्षक विश्वनाथ साह र पर्सा प्रहरीका प्रहरी उपरिक्षक रमेश खरेलले संयुक्त रुपमा गरेका थिए । यस पानी टंयाकीको निर्माण पश्चात गर्मीको मौसममा यात्रुलाई चिसो पिउने पानी सजिलै उपलब्ध हुनुको साथै टयाकी माथि निर्माण हुने प्रहरी विटले सुरक्षाकर्मीलाई र्सवसाधारण जनतालाई सुरक्षा दिन सजिलो बनाउने छ । सस्थाका अध्यक्ष विनय कुमार शाहको सभापतीत्वमा सम्पन्न सिलान्याश कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, वरिष्ठ उपाध्यक्ष अशोक बैद्य, उद्योगपति रामऔतार खण्डेवाल, हिरालाल केडिया, निम्बस ग्रुपका जगदिश अग्रवाल लगायतका उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । यस सस्थाले यस अघि पनि पर्सा जिल्ला लगायत चितवन जिल्लामा समेत जनमुखी र जनहितका लागि अनेकौ सेवामुलक कार्यहरु गरेको र अगामी दिनमा समेत स्वच्छ समाज निर्माणको लागि विभिन्न कार्य गर्ने योजना रहेको सस्थाका संरक्षक विश्वनाथ शाहले बताए ।

No comments:

Post a Comment