वीरगंज ३ माघ/ लायन्स क्लब अफ वीरगंज आर्दशनगर तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आज पर्सा जिल्लाको पोखरिया, सतवरिया र लमरिया गाविसका विपन्न एव गरिब परिवारलाई ३२ थान माउन्टेन कोट बितरण गरिएको छ ।
लायन्स क्लवले आज वीरगंजको होटल पुजनमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुबोध गुप्ताले सो कुरा बताउनु भयो । उहाँले तराई भेगमा केही दिनदेखि बढेको चिसोका कारणले पर्साको जनजीवनमा पर्न गरेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी समाज सेवाको भावनाले सो माउन्टेन कोट वितरण गरिएको बताउनु भयो । कोट वितरण कार्यक्रममा क्लबका डिष्ट्रिक एडभाईजर रमेश अग्रवाल, पूर्व अध्यक्ष दिपक टिपडेवाल, सदस्य राजेश वर्णवाल, ओमकार चाचान, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक सुजन जोशी, सचिवालय सदस्य विरेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।.

No comments:
Post a Comment