Pages

मेडिकल कलेजमा प्रहरीद्वारा छापामारी














 बीरगंज २९ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेजमा छापामारी गरेको छ ।
केलज परिसर भित्र रहेको भवनमा अबैध रुपमा (डिटीएच) डिस एन्टीना जडान गरिएको पाईएपछि प्रहरीले आज छापामारी गरेको हो । छापामारीका क्रममा प्रहरीले भवनको छतहरुमा राखिएको करिब एक दर्जन भन्दा बढी (डिटीएच) डिस एन्टीना नियन्त्रणमा लिएको छ । मेडिकल कलेजमा प्रहरी टोलीले छापामारी गरिरहेको दृश्य स्थलगत रिपोटिङ्ग गर्न मेडिकल कलेज पुगेका संचारकर्मीहरुलाई कजेलका सुरक्षाकर्मीहरुले गेटबाट भित्र प्रवेश गर्न दिएन्न । वठा प्रहरी कार्यालय बिर्ताले गएको सोमबार यता बीरगथंजको नगरक्षेत्रका बिभिन्न स्थानमा छापामारी टोलीले अबैध (डिटीएच) डिस एन्टीना नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । यसरी केवल टेलिभिजनको कार्यालयका साथै नगरको मेनरोड र आदर्शनगर भित्रका घरहरुबाट समेत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक सुजन जोशीको नेतृत्वमा रहेको प्रहरीले अबैध (डिटीएच) डिस एन्टीना बरामद गरेको छ । भारतीय कम्पनीहरुको (डिटीएच) डिस एन्टीना नेपालमा प्रयोग गर्नका लागि संचार एनले रोक लगाएकाले नियन्त्रणमा लिएको प्रहरीको दावी रहेको छ ।

No comments:

Post a Comment