Pages

महिला सभासद समुह बीरगंजमा

बीरगंज २६ पुस/  शान्ति तथा पूननिर्माण मन्त्री सत्या पहाडीले नेपाली महिलाहरुलाई हिजोकै कुटो र कुचोसंग मात्र तुलना गर्न नमिल्ने धारणा राखेकी छिन् ।
संयुक्त राष्ट संघ सुरक्षा परिषदद्धारा पारित प्रस्ताव नम्बर १३२५ र १८२० का सम्बन्धमा राजनीतिक दलका भगिनी संगठनका प्रतिनिधिहरुसंगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेकी हुन । यदि अहिले पनि यसरी नै तुलना गर्ने हो भने महिलाभित्र रहेको सक्षमता लुक्न सक्छ भन्दै, अबको नया नेपालमा महिलाको सम्मानजनक सहभागिता अनिर्वाय रहेको बताईन । जहा महिलाको उपस्थिती त्यहा सम्पूर्ण मानवको उपस्थिती हुने भएकोले अब राज्यको सबै अगंमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागी गराउनु अनिवार्य रहेकोमा मन्त्री पहाडीले जोड दिइन । करिव १ बर्षको अध्ययन र अनुगमनपछि स्थापना भएको राष्टिय कार्य योजनाको सम्बन्ध संयुक्त राष्ट संघको सुरक्षा परिषदसंग रहेको बताउदै, यसले द्धन्द्धकालमा अन्याय, हिन्सा र उत्पिडनमा परेका महिला र बालबालिकाहरुलाई सम्बोधन गराउने काममा सहयोग पुरयाउने बताईन । हामीले स्रोत परिचालनलाई भन्दा पनि महिलाको प्रतिबद्धता, सुनिश्चितता, क्रियाशिलतामा जोड दिनु पर्नेमा जोड दिईन । त्यसैगरी गृहराज्य मन्त्री भिमराज राजबंशीले महिला भनेको जगत जननी हुन त्यसैले त्यसको सम्मान गर्नु पर्नेमा जोड दिए । जबसम्म सबैको सहयोग र सदभाव रहदैन र एउटा माहौल बन्दैन तबसम्म राज्यले सोचे जस्तो कार्य नहुने बताए । महिला भनेको जननी हुन । उनीहरुको सम्मानजनक सहभागिताको लागि सबै मिलेर एकप्रकारको माहौल बनाउनु पर्नेमा जोड दिए । महिला सभासद समुह संविधानसभा ब्यवस्थापिका संसद (ककस० का संयोजक सभासद निलम बर्माको सभापतित्वमा सम्पन्न उक्त छलफल कार्यक्रममा महिला सभासद बसन्ती झा, फुलमती चौधरी, मिना पून, शान्ति मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्मा, सहसचिव सुदर्शन खडका र पर्साका प्रजिअ शम्भु कोइराला समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । साभार : बीसिटी

No comments:

Post a Comment